Consular Service Camp March 5th—8th, 2024

Dates:

  • Consulate Services Provided: March 5th, 6th, 7th & 8th, 2024 9:00 AM — 5:00 PM PST

Hotel Accommodations:

  • Hilton Garden Redmond
    16630 Redmond Way, Redmond, WA 98052

Consular Services

  • Passport Renewal Applications
  • NRN (Non-resident Nepali) Card Applications
  • Visa Applications
  • Power of Attorney
  • Attestation Assistance
  • One Way Travel Applications

Registration:



Registration Deadline: December 31st, 2023

 

नेपाली राजदूतावास

वाशिङ्गटन, डि.सी.

 

वाशिङ्गटन राज्यको सियाटलमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले वाशिङ्गटन राज्यको सियाटल शहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय भएकाले उक्त स्थान, मिति र समयमा सेवा प्राप्त गर्न राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

स्थानः Hilton Garden Redmond
          16630 Redmond Way, Redmond, WA 98952

 
मितिः March 5th, 6th, 7th & 8th 2024

समयः बिहान ९:३० बजेदेखि साँझको 5:३० बजेसम्म (दिउँसो 1-2 बजेसम्म Lunch Break)

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

क) राहदानी नविकरण (फेब्रुअरी 202२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)

ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)

ग) अधिकृत वारेसनामा (Power of Attorney)

घ) कागजात प्रमाणिकरण (Attestation)

ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)

छ) पर्यटक भिषा (Tourist Visa)
 

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट  https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ l

घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः

 राहदानी नविकरण

  • सक्कल नागरिकता र सोको प्रतिलिपी।
  • सक्कल राहदानी र सोको प्रतिलिपी।
  • नेपाली राजदूतावास (Embassy of Nepal, Washington, DC) को नाममा जारी भएको अ.ड. 150 को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. 300)। तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०) ।
  • राहदानी तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

 गैर आवासीय नेपाली परिचयपत्र

  • सेवाग्राहीले https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/02/NRN-ID-FORMpdf मा गई रीतपूर्वक भरेको आवेदन फाराम। तर, गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report)।
  • नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी।
  • नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,

वा, सो नभए

  • बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित) को प्रतिलिपि।
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
  • चारप्रति पासपोर्ट साइजको फोटो।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 520 को मनी अर्डर।

अधिकृत वारेसनामा

  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले तयार गरेको नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
  • अधिकृत वारेसनामा दिनेको सक्कल नागरिकता र सो को प्रमाणित प्रतिलिपी।
  • अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपि।
  • अधिकृत वारेसनामा दिने र लिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
  • स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status र सो को प्रतिलिपि।
  • गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका विदेशी नागरिकको हकमा)।
  • जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सो को प्रमाणित प्रतिलिपी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 200 को मनी अर्डर।

 कागजात प्रमाणिकरण

  • रीतपूर्वक भरेको निवेदन।(https://us.nepalembassy.gov.np/wp-content/uploads/2018/07/Attestation-Application-Form.pdf) ।
  • प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
  • नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी।
  • सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
  • सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 50 को मनी अर्डर।

एकतर्फी यात्रा अनुमतिपत्र

  • पुरानो राहदानी र सोको प्रतिलिपी ।
  • नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपी।
  • रीतपूर्वक भरेको राहदानी फाराम (https://us.nepalembassy.gov.np/wp-content/uploads/2019/12/MRP-FORM.pdf) ।
  • यात्रा अनुमतिपत्रको लागि दूतावासलाई सम्बोधन गरेको निवेदन (https://us.nepalembassy.gov.np/wp-content/uploads/2017/12/Travel-Document-Application-New.pdf) ।
  • तीन प्रति फोटो (MRP size) ।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 40 को मनी अर्डर।

पर्यटक भिषा

  • सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinevisa-mission/application मा गई रीतपूर्वक फाराम भरी submit गरेपछि प्रिण्ट गरिएको confirmation page को hard copy।
  • कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
  • कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (15 दिने भिषाका लागि अ.ड. 30, 30 दिने भिषाका लागि अ.ड. 50 र ९० दिने भिषाका लागि अ.ड. 125)।

 (तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुलाई लेखेको पत्र कागजात)

Organizers:

  • Nepal Embassy, Washington DC
  • Nepali Consulate Office, Seattle WA
  • 7 Summits Foundation 

Sponsors:

  • Nepal Consulate, Seattle WA
  • 7 Summits Foundation
  • International Sherpa guides 
  • Mayuri Foods Grocery 
  • Durga Shrestha 
  • Momo Kings
  • Bens Gas and grocery 
  • Nirmal and Niranjhan Shrestha
  • Nabin Khanal
  • Chandika Adhikari 
  • Sobindra Tamang 
  • Essence of dentistry PLLC
  • Sunil Khanal Himalayan dog chow 
  • Buddi Kunwar elder care center
  • Sherpa landscaping PG Sherpa
  • Annapurna Cafe 
  • Mohan Gurung 
  • Kiran Shres